धरहरा बनाउने अभियानमा सहयोग गर्न सरकारको अपिल, सहयोग जुटाउन वैंक खाता खोलिदै

200
0
Share:

काठमाण्डौं,५ फागुन ।

सरकारले धरहरा बनाउने अभियानमा सहयोग गर्न नागरिकलाई अपिल गरेको छ । मेरो धरहरा म बनाउँछु भन्ने अभियान अन्र्तगत सरकारले सहयोग गर्न सबैलाई अपिल गरेको छ ।
बुधवार सरकारले बैंक खाता खोल्ने भएको छ । जनतालाई रकम जम्मा गर्न पुराततत्व विभाग र पुननिर्माण प्राधिकरण मिलेर बैंक खाता खोल्न लागेका हुन् ।
धरहरा निर्माणको औपचारिक शिलान्यास वैशाख १२ हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १२ गतेको भूकम्पले भत्किएका ऐतिहासिक धरोहर निर्माण अभियानको मंगलवार शुभारम्भ गरेका छन् ।
मन्त्रिपरिषदको बैठकले धरहरा पुनर्निर्माणका लागि प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिने निर्णय गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: