स्वर्ण पदक जितेको नेपाली फुटबल टोलीलाई काठमाडौंमा भव्य स्वागत

Share:

काठमाडौं, ५ फागुन-
साग फुटबलमा स्वर्ण जित्ने नेपाली फुटबल टिमलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।
फुटबल टिम भारतको गुवाहटीबाट बसमा काकडभिट्टा र त्यहाँबाट आन्तरिक उडानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि विमानस्थल अगाडी फुटबल समर्थकहरुको हजारौंको संख्यामा भीड लागेको थियो । टोलीलाई काठमाडौंमा सेनाको पाँचवटा गाडीमा राखेर नगर परिक्रममा गराईएको हो ।
नगर परिक्रमाको रुट काठमाडौं तिलगङ्गा, गौशाला, रातो पुल, ज्ञानेश्वर, लोत्से चोक, कमलपोखरी, पुतलिसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सुन्धारा, जुद्ध शालिक, न्यू रोड गेट, वीर अस्पताल, भोटाहिटी, जमल, केशरमहल, नारायणहिटी संग्रहालय गेट, महेन्द्र शालिक, पुरानो बसपार्क, भद्रकाली, शहिद गेट, सुन्धारा नागस्थान, त्रिपुरेश्वर रहेको थियो ।
सुन्धारा हुँदै दशरथ रंगशाला पुगेपछि त्यहाँ खेलाडीहरुलाई सम्मान गरिएको छ ।
नेपालले १२ औं साग अन्तर्गतको फुटबलको फाईनलमा भारतलाई २-० ले पराजित गर्दै स्वर्ण जितेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: