चीन र ताइवानबीच चीनले विवादास्पद दक्षिणी चिनियाँ समुद्रमा मिसायल राखेको भन्दै विवाद

324
0
Share:

काठमाडौं, फागुन ५ –
चीनले विवादास्पद दक्षिणी चिनियाँ समुद्रमा मिसायल राखेको ताइवानले दाबी गरेको छ ।

सेटेलाइट तस्वीरहरुमा जमिनबाट आकाशमा मार हान्ने क्षमताका आठओटा मिसायल लन्चरका दुईओटा ब्याट्री र राडार प्रणाली देखिएको ‘फक्स न्यूज’ले उल्लेख गरेको छ ।

मिसायल राखेको खबरबाट दक्षिणी चिनियाँ समुद्रको विवाद अझै बढ्ने अनुमान गरिएको छ ।

तर, चिनियाँ विदेशमन्त्री वाङ यीले भने मिसालयसम्बन्धी रिपोर्ट पश्चिमा मिडियाको आविष्कार भन्दै अन्तर्राष्ट्रिय कानुनअनुसार नै सीमित र आवश्यक रक्षात्मक सुविधा टापुमा राखिएको दाबी गरेका छन् ।

अमेरिकी रक्षा अधिकारीहरुले मिसायल परिचालन गरिएको पुष्टि गरेको ‘रोयटर्स्’ले जनाएको छ ।

चीनले उक्त टापु आफ्नो भएको दाबी गर्दै आएपनि ताइवान, भियतान, मलेसिया र ब्रुनाइले पनि उक्त टापुमाथि दाबी गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: