संसदको पहिलो अधिवेशन सकियो, मोर्चाद्धारा बहिस्कार

223
0
Share:

काठमाडौं, फागुन ५-
व्यवस्थापिका–संसदको पहिलो अधिवेशन बुधबारदेखि सकिएको छ । गत असोजमा सुरु भएको अधिवेशन मधेसी मोर्चाको बहिस्कारकाबीच बुधबार सकिएको हो ।

संसद भवन नया बानेश्वरमा बुधबार बसेको बैठकमा सभामुख ओनसरी घर्तीले संसद अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएसँगै बुधबारै राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य भएको हो ।

१ सय ३९ दिनमा ४४ पटक बसेको संसद बैठक जम्मा ३७ घन्टा १५ मिनेट बसेको थियो । अधिवेशनमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको निर्वाचन भएको थियो ।

त्यस्तै, अधिवेशनले ६ ओटा विधेयक पारित गरेको छ भने ७ ओटा विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाएको छ । त्यसैगरी, बैठकले संविधानको पहिलो संशोधन पनि पारित गरेको छ ।

संसदको बुधबारको बैठक तराईमा आन्दोलनरत् मधेसी मोर्चाका सांसदहरुले बहिस्कार गरेका थिए ।

मोर्चाका तर्फबाट सांसद नरसिंह चौधरीले आफूहरुले उठाएका जायज माग पनि सरकारले सुनुवाइ नगरेको भन्दै सरकार गम्भीर नभएको आरोप लगाए ।

कमेन्ट गर्नुहोस्
Share: