अफ्रिकाका दश लाख बालबालिका विकराल कुपोषणको समस्यामा

301
0
Share:

दक्षिण अफ्रिका, ६ फागुन-
पूर्वी तथा दक्षिण अफ्रिकामा करिब १० लाख बालबालिका कुपोषणको समस्याबाट ग्रसित भएको युनिसेफले जनाएको छ ।

बुधबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार बितेका ५० वर्षमा कडा एल निनो तथा दुई वर्ष अघि परेको खडेरीका कारण उनीहरुमा कुपोषणको विकराल समस्या भएको युनिसेफको अध्ययनले बताएको छ ।

पूर्वी तथा दक्षिण अफ्रिकामा विशेषत बालबालिकालाई आवश्यक खाना तथा पानीको अभाव हुँदा उनीहरु उनीहरूको श्वास्थ्यमा समस्या भएको अध्ययनले बताएको छ ।

बालबालिकामा आवश्यक न्यूनतम पोषणको कमी हुँदा उनीहरुको उचाईअनुसार वजन कम पाउने गरेको साथै स्मरण शक्तिमा समेत कमी भएको देखिएको अध्ययनले देखाएको छ ।

शरीरमा पाइने विभिन्न मिनरल तथा भिटामिनको मात्रामा कमी हुँदा बालबालिकाको बृद्धि तथा विभिन्न खालका स्वास्थ्य समस्यासमेत देखिने गरेको अध्ययनले बताएकोे छ ।

कमेन्ट गर्नुहोस्
Share: