
पोखरा, ७ फागुन-
लेखनाथको भण्डारढिकमा जारी १२ औं लेखनाथ महोत्सवको तेश्रो दिन आज शुक्रबार पनि विभिन्न कार्यक्रम हुँदैछन् ।
महोत्सवमा आज विभिन्न कलाकारहरुले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् ।
विहिबार महोत्सवमा झण्डै १५ हजार दर्शकले अवोलकन गरेको र एउटा कार सहित झण्डै १ करोड रुपैयाको कारोबार भएको लेखनाथ उद्योग बाणिज्य संघका महासचिव छत्रधर आत्रेयले जानकारी दिए ।
महोत्सवमा कृषिजन्य उत्पादन र घरायसी आवश्यकताका सामाग्रीहरुको कारोबार राम्रो भएको आयोजकले जनाएका छन् ।
महोत्सवमा गुडलक एग्रो टुरिजम प्रा.लि ले संचालनमा ल्याउन लागेको एग्रो टुरिजम रिर्सोटको नमूनाको प्रदर्शनमा दर्शकहरुले चाख लिएका थिए ।
महोत्सव लेखनाथको संस्कृति स्थानीय उत्पादन विकास र संमृद्धि भन्ने मुलनाराको साथ फागुन १६ गतेसम्म संचालन हुने महोत्सवमा अटो, कृषि, हस्तकला, खाद्यान्न, गार्मेन्ट, घरेलु उत्पादन, खानाका परिकार सहितका ३ सय भन्दा बढी स्टल राखिएको छ ।
शुक्रबार प्रजातन्त्र दिवश विदाको दिन समेत परेकाले दर्शकहरुको सहभागिता बढ्ने आयोजकको अपेक्षा छ ।
