कास्कीको पृथ्वीचोकमा कार्यरत प्रहरी हबल्दार मान बहादुर भाट द्धारा र्निदोष कुटिए , वडा प्रहरी कार्यालय बैदाम द्धारा हबल्दार भाटलाई जोगाउने प्रयास

601
0
Share:

पोखरा, फागुन १२,माधब पनेरु,
कास्कीमा प्रहरीको दादागिरी र अपराधिक कृयाकलापमा संलग्न भएका घटना नयाँ होईनन् । कहिले पेट्रोलको कालोबजारी , कहिले चोरीको स्कुटर प्रहरीले नै खरिद गरेर चलाएको खबर बाहिर आईरहेकै छ ।
यसैक्रममा पोखराको पृथ्वीचोकमा रहेको प्रहरीबिटमा कार्यरत प्रहरी हबल्दार मान बहादुर भाटले एक जना बटुवालाई बिनाकारण रामधुलाई गरेका छन । राति कामबाट फर्कदै गरेका पृथ्वीचोकमै बस्ने सवारीचालक दिपक गुरुङ लाई मध्येरातमा तरुनी गुमाउन निस्कीएका हबल्दार भाटले प्रहरी बिट भित्र लगरेर चरम यातना दिएर छोडेका छन ।
हबल्दार मान बहादुर भाटकै स्कुटर चलाएकी पोखराको नागढुगां बस्नै बताएकी उषा पुन नाम गरेकी एक युवतीले खाल्टोमा स्कुटर हालेकोे देखेपछि दिपक गुरुङ र उनका सहयोगी अनिस नेपालीले स्कुटर उठाईदिएका थिए । सोही क्रममा संगै रहेका हबल्दार भाटले किन हासेको भनेर आफु माथी जाई लागेको पिडित दिपक गुरुङले बताए ।
एक्कासी आफुमाथि आक्रमण हुन थालेपछि दिपकले आफुलाई किन पिटेको भनि पटक–पटक सोधेपनि एकोहोरी प्रहरी बिट भित्र लगर पिटेको बिग न्युन संग भने । अनाबस्यक रुपमा प्रहरीको यातना खाएपछि उनि न्यायका लागि वडा प्रहरी कार्यालय बैदाममा पुगेका थिए । बैदाम मातहतमा नै रहेको उक्त प्रहरी बिटको कार्यबाहक ईन्चार्ज रहेका भाट लाई जोगाउने र पिडितलाई नै अनाबस्यक आरोप थोपर्ने प्रयास गरेको भन्दै पिडित पक्षले गुनासो गरेका छन । आफुहरु सबे प्रहरी खराव हदैनन् भनेर न्यायका लागि वडा प्रहरी कार्यालयमा आएपनि सोचे जस्तो जिम्मेबारी पुर्बक नलिएकोमा उनिहरु निरास थिए । एक जना नागरीक माथि चार जना प्रहरी जाईलागेर मध्येरातमा पिटाई खाएका सहचालक अनिस नेपालीले बताए ।
तर हबल्दार भाटले आफुले हातपात नगरेको तर संझाएर पठाएको दावि गरे । शरिरभरी निलडाम भएका दिपक गुरुङलाई देख्दा त्यो कुरा बिस्वसनिय मात्र थिएन , केही समयको कुराकानी भाट आफैले केटीमाथी नराम्रो ब्यबहार गरेका कारण आक्रमण गरेका स्वीकार गरे । उषा पुनले आफ्नै स्कुटर चलाएर आएकोे र आफुले ति युवतीलाई नचिनेको भाटले दावि गरे ।
तर भाटको झुट लुक्न सकेन वडा प्रहरी कार्यालय बैदाम परिषरमै भाटको झुटको खेति उनी संगै आएकी उषा पुनले नै गलत साबित गरीदिईन । मध्येरातमा पृथ्वीचोकमा रहेको फेन्सीमा काम गर्ने ति युवती प्रहरी संग कता गएर आईन भन्ने बारेमा शंका देखिएको छ । पिडितको भनाई अनुसार युवती उषा पुन राति पनि प्रहरी बिट नै बसेकी थिईन । तर उनले भने आफु बिहानै ५ बजे नै आएको तर राति नबसेको प्रतिकृया दिईन , उषाले सुरुमा सबैकुरा लुकाउने प्रयास गरिरहेकी थिईन । यसरी घटनाको बारेमा एकै पक्षको फरक – फरक कुरा आउदा पनि वडा प्रहरी कार्यालय बैदामका ईन्सपेक्टर बिरेन्द्र गोदारले भने दुबै पक्षको गल्ती भएको भन्दै घटनालाई सामान्य बनाउने प्रयास गरे ।
प्रहरी हो भन्दैमा सबै कुरा उसैको ठिक हुन्छ भन्ने सोच राख्ने हो भने यो देशमा सुसासनको अपेक्षा गर्नु बेकार छ । यो बिषय जिल्ला प्रहरी कार्यालय संग जानकारी लिन खोज्दा संबन्धीत ब्याक्तिहरु कार्यालयमा अनुपस्थित थिए । प्रहरी हबल्दार भाटले यसअघि पनि पृथ्वीचोकको एक होटलमा रक्सी खाएर होटलवालालाई अनावस्यक रुपमा धम्की दिएको रेकर्ड आवाज पनि हामि संग सुरक्षीत छ । यस अघि पनि र्सिजनाचोक प्रहरी बिटमा रहेका प्रहरी हबल्दार याम बहादुर परियारले चारीको स्कुटर खरिद गरेर अर्केलाई डुब्लीकेट बिलबुक बनाएर बिक्री गरेका थिए उक्त घटनामा परियारलाई के कार्वाही भयो भन्ने बारेमा प्रहरीले हाल सम्म पनि केही खुलाएको छैन । यो देशमा कानुन कसका लागि हो भन्ने प्रश्न उठेको छ । गरिब जनतालाई छातीमा बुट बर्साउने प्रहरीमाथि कार्वाही होला त ?
अडियो सहितको बृस्तीत रिपोर्टका लागि बिग न्युज सुन्नु होला । www.fmbig.com,101.2

कमेन्ट गर्नुहोस्
Share: