
श्यामशीत्तल
लमजुङ फागुन १४-
लमजुङको सुन्दरवजार ९ गहतेको हर्रेमा बिहिबार साँझ भएको जिप दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ । २० जना घाइते भएका छ्न् ।
जिप दुर्घटना हुँदा भोटेओडारका २६ वर्षीय स्मरण गुरुङको मृत्यु भएको हो । दुर्घटनामा परि गम्भिर घाइते गुरुङको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक गुरुङको श्रीमति र एक छोरा छन । उनी भोटेओडारमा रहेको भुपु सैनिक आवासिय उमाविको लेखापाल थिए ।
सुन्दरबजार नगरपालिका ९, गहतेबाट सुन्दरबजार हुँदै भोटेओडारतर्फ आउँदै गएको ना २ च ९३६० नम्बरको प्राइभेट जिप बिहीबार साँझ दुर्घटना भएको हो । दुर्घटनामा परेका सवै बीवाइसी युवा क्लव भोटेओडारका पुरुष तथा महिला खेलाडी हुन् । उनीहरु गहतेमा आयोजित पुरुष र महिला फुटबल प्रतियोगिता दुवैमा विजयी भई फर्कँदै गरेका स्थानीय हस्तबहादुर गुरुङले बताउनुभयो ।
प्रहरीका अनुसार क्षमता भन्दा बढी सवार जिप कच्ची सडकबाट करीब १ सय मिटर तल खसेको छ । दुर्घटनाबाट गम्भीर घाइते नौ जनालाई पोखरा लगिएको थियो भने तिन जनाको लमजुङ जिल्ला सामुदायिक अस्पताल र आठ जनालाई कर्मदा हस्पिटल सुन्दरबजारमा उपचार गरिएको छ ।
प्रहरीका अनुसार सुन्दरबजार नगरपालिका ३ भोटेओडारका २५ वर्षीय बुद्ध तामाङ, २१ वर्षीय सुवास गुरुङ, १६ वर्षीया काशी गुरुङ, १७ वर्षीया मीनमाया गुरुङ, १९ वर्षीया गंगामाया गुरुङ, १७ वर्षीया बिमला गुरुङ, ३० वर्षीय धर्मेन्द्र गुरुङ, १८ वर्षीया अमिना मिया र वडा नं ४ का २५ वर्षीय विकास तामाङको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्यमा पनि सुवास गुरुङ र बुद्ध तामाङको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरिक्षक हेमन्त थापाले बताउनुभयो ।
यस्तै, सुन्दरबजार नगरपालिका ३, भोटेओडारका २८ वर्षीय प्रितम गुरुङ, १६ वर्षीया सपना गुरुङ र १८ वर्षीया अनिता गुरुङको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
सुन्दरबजार नगरपालिका ३ का २३ वर्षीय नरेन्द्र थापा, २५ वर्षीय तारा गुरुङ १८ वर्षीया रोजिना थापा, १४ वर्षीय पूजा गुरुङ, १२ वर्षीय गणेश गुरुङ, वडा नं. ४ का १७ वर्षीय सुजन गुरुङ, २७ वर्षीय सुवास गुरुङ र वडा नं. ७ का २० वर्षीया मुना क्षेत्रीको कर्मदा हस्पिटल सुन्दरबजारमा उपचार भइरहेको प्रहरी जनाएको छ ।
– फाईल तस्विर
