
पोखरा १५, फागुन
साहसिक खेलकुदको राजधानि पोखरामा आज (शनिबार) देखि प्याराग्लाइडिङ कोे प्रि–वल्र्डकप तथा खुल्ला नेपाल प्याराग्लाईडीङ प्रतियोगिता २०७२ सुरुभएको छ । नेपाल हवाई खेलकुद संस्था(ना)को आयोजना तथा नेपाल पर्यटन वोर्डको प्रवद्र्घनमा शनिबार देखि पोखरामा प्रतियोगिता सुरु भएकोे ना का अध्यक्ष योगेश भट्टराईले बताए ।
यही फागुन२२ गतेसम्म संचालन हुने प्रतियोगिता अन्र्तगत शनिबार अभ्यास खेल (प्राक्टीस डे) को रुपमा सराङकोट क्षेत्रमा प्याराग्लाईडीङ पाईलटहरुले आकासमा उडान गरेका हुन । शनिबार भएको खेलमा सहभागिहरुको अंक नजोडिने भएको अध्यक्ष भट्टराईले जनाए । सराङकोटमा टाक्सको बारेमा प्राविधिकहरुबाट जानकारी भए पछि प्रतियोगिहरुले पोखराको सराङकोट क्षेत्रबाट उडान गरी खपैदाीमा अवतरण गरेका हुन् । आइृतबारदेखि प्रतियोगिहरुको टाक्सको अंकजोडिने भएको छ भने फागुन २२ गतेलाइ रिजर्व डेको रुपमा रहेको अध्यक्ष भट्टराईले बताए । अघिल्ला दिनमा मौसम खरावी भएको अबस्थामा रिजर्व डेलाई अंकजोडिने गरी प्रतियोगिता हुने भएको छ ।
अनौपचारीक रुपमा शुभारम्भ भएको प्रतियोगिताको प्रचार सहित सफलताको लागि शनिबार वेलुका ५ बजे पछि लेकसाईड क्षेत्रमा बाजागाजा सहितमार्च पास भएको थियो । उक्तमार्च पासमा प्रतियोगितामा सहभागि २६ राष्टका प्याराग्लाईडीङ पाईलटहरुले आ–आफ्नो देशको झण्डा सहित सहभागि भएको नाकासचिवएवं प्रि—वल्र्डकपका संयोजककृष्ण प्रसाद भण्डारीले बताए । फिस्टेल गेट अगाडीबाट सुरु भएको मार्च पास वाराहीचोक, हल्लनचोक, खहरे क्षेत्रमा नेपालको राष्ट्रिय झाण्डाको साथमा वाजागाजा सहित विदेशी पर्यटकहरुको सहभागिता रहेको थियो ।
नेपाल खुल्ला प्याराग्लाईडीङ प्रतियोगिताको १७ औं संस्करणसम्म निरन्तर रुपमा संचालन हुदै आएकोले अबस्थामाआगामीबर्ष नेपालमाप्याराग्लाईडीङ खेलको विश्वकपहुने तयारी स्वरुपप्रि–वल्र्ड कपआयोजनाहुनलागेको भण्डारीले बताए । विसम परिस्थितीका बाबजुत पनि आफुहरुले आयोजना गरेको प्रतियोगितामा दर्शकको रुपमा सहभागि भएर प्रतियोगिहरुलाई हौसला बढाउन पनि पोखरेलीहरु समक्ष उनले आग्रह गरे ।
पोखराको आकासमा हुने प्रतियोगितामा नेपाल सहितकरीब २६ राष्ट्रका एक सय प्याराग्लाईडीङका पाईलटहरु सहभागि हुने भएको भण्डारीले बताए । प्रतियोगितामा विदेशी ५ जना महिला सहित ८० जना विदेशी पाईलटहरु सहभागि हुँदैछन ।
प्रतियोगितामा मित्रराष्ट चिन, भारत र एसियाली मुलुकतथा युरोपेली मुलुकबाट समेत प्याराग्लाईडीङका पाईलटहरु सहभागि भएको भण्डारीले जनाए । डेढ सय राष्ट्रका २ सय बढी पाईलटहरुबाट उनीहरुको ¥याङकिङ को आधारमा छनौट भएको प्राविधिक संयोजकरविन गुरुङले बताए ।
हेर्नुहोस् तस्विरहरुः
