फ्ल्याट नै भाडामा लिएर जुवा खेलिरहेको अवस्थामा ७ जना जुवाडे पक्राउ

375
0
Share:

पोखरा, १५ फागुन-
जिल्ला प्रहरी कार्यालय कास्कीले फ्ल्याट नै भाडामा लिएर जुवा खेलिरहेको अवस्थामा ७ जना जुवाडेलाई पोखराबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले नागढुङ्गास्थित एक घरमा जुवा खेलाउने र खेल्ने गरी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद चौरानव्वे हजार सात सय पचपन्न रुपैयाँ र २१ वुक तास बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुमाथी अनुसन्धान भैरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: