भारतमा नयाँ बजेटः सन् २०१८ सम्म सबै गाउँमा बिजुली पुर्‍याउने लक्ष्य

222
0
Share:

एजेन्सी नयाँदिल्ली, फागुन १७ भारत सरकारले अार्थिक वर्ष सन् २०१६-१७ को बजेट सोमबार सार्वजनिक गरेको छ। भारतका केन्द्रीय  वित्त मन्त्री  अरुण जेटलीले सोमबार त्यहाँको तल्लो सदन लोकसभामा सन् २०१६–०१७को बजेट सार्वजनिक गरेका हुन्।

बजेटमा मूल्यवृद्धि ४.५ प्रतिशतमा राख्ने,  आर्थिक वृद्धिदर  ७.६ प्रतिशत पुर्याउने लक्ष्य लिइएको छ। बजेटमा सन २०१८को मे महिनासम्ममा भारतका सबै गाउँमा बिजुली पुर्याउने लक्ष्य लिइएको छ।

यो बजेटसँगै भारतमा गहना, कार, चुरोट र गुट्खाको मूल्यवृद्धि भएको छ। यसको असर नेपालमा पनि पर्नेछ । भारत  सरकारले बजेटमार्फत आगामी पाँच वर्षमा किसानहरुको आम्दानी दोब्बर गर्ने लक्ष्य पनि लिएको छ। किसानका लागि मात्रै तीन खर्ब ५९ अर्ब भारु बजेट बिनियोजन गरिएको छ। भारत सरकारले सन् २०१७ भित्रमा १० हजार किलोमिटर राष्ट्रिय राजमार्ग निर्माणको घोषणा गरेको छ।  भारतमा अप्रिल १ तारिखदेखि नयाँ अार्थिक वर्ष सुरू हुन्छ।

कमेन्ट गर्नुहोस्
Share: