सिंहदरबार अगाडि बमको हल्ला

203
0
Share:

फागुन १८ गते-
पानी प्रशोधनका लागि प्रयोग गरिने मेसिनको एउटा टुक्रालाई बमको आशंका गर्नाले मंगलबार बिहान साँढे तीन घण्टा मुलुकको मुख्य प्रशानिक केन्द्र सिंहदरबार अगाडि आतंक फैलिएको छ।
सिंहदरबारको दक्षिणी गेटबाट पूर्वपट्टि पर्ने सिद्धार्थ इन्सुरेन्स भवनको गेटमा अलपत्र अवस्थामा रहेको सीसी आकारको सानो फलामे उपकरणले हनुमास्थान क्षेत्रमा आतंक फैलाएको हो। विहान साँढे दश बजे सिद्धार्थ इन्सुरेन्स भवनको गेटमा देखिएको उपकरणलाई बमको आशंका गरिएपछि जनजीवन एकाएक आतंकित बन्न पुगेको हो।
बमको हल्लापछि सिंहदरबारभित्र रहेको नेपाली सेनाको टोली शंकास्पद् वस्तु राखिएको स्थानमा हाजिर भयो। तर सेनाको बम डिस्पोजल टोलीलाई शंकास्पद् वस्तु बम नभएर पानी प्रशोधनका लागि प्रयोग गरिने उपकरणको एउटा टुक्रा भएको बताउन भने डेढ घण्टा लाग्यो।
नेपाली सेनाको टोलीले स्क्यानिङका क्रममा शंकास्पद् वस्तु बम नभएको पत्ता लगाएपछि सर्वसाधारणहरु पानी तान्न प्रयोग गरिने मेसिनको टुक्रा चिन्न नसक्दा त्रसित हुनुपर्‍यो भन्दै आ आफ्नो बाटो लागेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: