
श्यामशीत्तल
लमजुङ, फागुन १८ –
सुन्दरवजार खानेपानी आयोजनाको भवन निर्माण कार्य ७५ प्रतिशतले सकिएको छ । शिलान्यास भएको १ महिना नवित्दै खानेपानी आयोजनाको भवन निर्माण कार्य ७५ प्रतिशतले सकिएको आयोजनाका अध्यक्ष उत्तम गुरुङले वताए । सुन्दरवजार ५ मराटे फाँटमा रहेको ८ आना वरावरको जग्गामा करिव १५ लाखको लागतमा आयोजनाको दुई कोठे पक्की भवन वन्दै गरेको हो ।
आयोजनाको नव भवन निर्माणका लागि समाजसेवी नरेन्द्रराज ढुंगाना र वुद्धिनाथ अधिकारीले नि: शुल्क जग्गा उपलव्ध गराएका हुन ।
चैत्र मसान्तसम्म भवन निर्माण कार्य सम्पन्न गरि वैशाखको पहिलो सातावाट नव निर्मित भवनवाट कार्यालयका सम्पुर्ण कामकाज शुरु गरिने आयोजनाको लक्ष्य रहेको छ ।
‘‘भवनको निर्माणको ७५ प्रतिशत काम सकिएको छ, अव ढलान र प्लाष्टरको काम वाँकी छ,” आयोजनाका अध्यक्ष उत्तम गुरुङले भने, ‘‘चैतको अन्तिम सातासम्म भवनको निर्माण कार्य पुरा गरिने र वैशाखको पहिलो हप्तावाट नै अफिसको सारा कामकाज नयाँ भवन वाट शुरु गरिने लक्ष्य छ ।”
किरिन्चे खोला, ग्याग्दी खोला र वोरिङवाट संकलित पानी सुन्दरवजार खानेपानी आयोजनाले मिटर सिस्टमवाट वितरण गर्दै आएको छ । आयोजनावाट सुन्दरवजार नगरपालिका भित्रका झण्डै ११ सयभन्दा वढि घरधुरी लाभान्वित वन्दै आएका आयोजनाका निवर्तमान अध्यक्ष शिव कुमार पोख्रेलले वताए ।
उपभोक्ताहरुलाई आफ्नो सेवा प्रदान गर्नका लागि सवैलाई पायक पर्ने ठाउँमा खानेपानी आयोजनाको भवन निर्माण गरिएको हो । आफ्नै भवन भएपछि कार्यालय संचालनमा सहज हुने विश्वास आयोजनाले लिएको छ ।
‘‘भाडाको कोठामा कार्यालय संचालन गर्दै आएको छौ, जस्ले गर्दा धेरै समस्या खेप्नुपरेको छ,” समितिका अध्यक्ष गुरुङले विग न्युजलाई भने, ‘‘आफ्नै भवन भएपछि सरसामान स्टोर गर्न पनि सजिलो हुने र व्ययभार पनि कम पर्ने”
सुन्दरवजारमा वढ्दो शहरीकरणले गर्दा माग अनुसारको खानेपानी वितरण गर्न नसकिएको पनि उनले वताए ।
जाडो याममा पानी वितरण सहज हुने तर गर्मी मौसममा पानीको अभावले एक दिन विराई पानी वितरण गर्नुपर्ने स्थिती रहेको आयोजनाका अध्यक्ष गुरुङले वताए ।
