तनहुँ रुपाकोटका एक विद्यार्थीले आईएमई आकांक्षा छात्रवृति प्राप्त गरे

Share:

श्यामशीत्तल
लमजुङ, १८ फागुन-
छिमेकी जिल्ला तनहुँ रुपाकोटका एक विद्यार्थीले आई.एम.ई. आकांक्षा छात्रवृति प्राप्त गर्नुभएको छ । रुपाकोट ७ मा रहेको गौरी शंकर वोर्डिङ स्कुलको कक्षा २ मा पढ्ने छात्र प्रशान्त गुरुङले सो छात्रवृत्ति प्राप्त गर्नुभएको हो ।
आईएमईका गण्डकी धौलागिरीका ईन्चार्ज किशोर शर्मा र डुम्रे शाखाका ईन्चार्ज सुलभ श्रेष्ठले एक कार्यक्रमका वीच विद्यालयका प्रिन्सीपल गणेश वहादुर थापालाई १० हजार छात्रवृत्ति स्वरुप प्रदान गर्नुभयो । विद्यार्थी प्रशान्त गुरुङलाई प्रमाणपत्र वितरण गर्दै उनीहरुले छात्रवृत्ति प्राप्त गर्न सफल भएकोमा वधाई ज्ञापन गरे र शैक्षिक सफलताको कामना समेत गरे ।
शैक्षिक सत्र २०७२ अन्तर्गत आईएमई आकांक्षा छात्रवृत्तिका लागि देशभरवाट १ सय जना छनौट भएका थिए । छात्रवृत्ति स्वरुपको रकम गुरुङको पठनपाठनमा खर्च गरिने विद्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: