देउवा प्यानलबाट महामन्त्रीमा केसीको उम्मेदवारी घोषणा

199
0
Share:
१८ फागुन, काठमाडौं-
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले १३औं महाधिवेशनका लागि महामन्त्रीमा उम्मदेवारी घोषणा गरेका छन्। राजधानीमा आयोजित कार्यक्रममा नेता केसीले आफ्नो उम्मेदवारी वरिष्ठ नेता शेरबहादुर देउवाको समूहबाट हुने जानकारी दिँदै आफूले १८ वर्षसम्म संस्थापन समूहबाट न्याय नपाएपछि फरक समूहमा पुगेको बताए।
उनले भने, ‘महामन्त्रीमा अरू जोसुकै मैदानमा उत्रिए पनि अब मेरो उम्मेदवारी परिवर्तन हुँदैन, यो अन्तिम निर्णय हो।’ देउवा समूहको औपचारिक घोषणा बुधबार हुने जनाइएको छ।
उनले कांग्रेसमा व्याप्त विरासतको राजनीति, एकाधिकार र सानो झुन्डको हालिमुहाली तोड्न आफूले देउवा समूहबाट उम्मेदवारी दिन लागेको तर्क गर्दै संस्थापन पक्षका नाममा दुई-चार जनाले सिङ्गो पार्टी कब्जा गर्न खोजेको आरोप लगाए।

कमेन्ट गर्नुहोस्
Share: