
एथेन्स, २१ फागुन –
ग्रीसका सर्वसाधारणले शरणार्थीको रुपमा आफ्नो देशमा पुगेकाहरुलाई स्वयम्सेवकको भूमिका निर्वाह गर्दै राहत वितरण गरेका छन् ।
नाजुक अवस्थामा रहेका शरणार्थीलाई विभिन्न संघ संस्थाको सहयोगमा चन्दा संकलन गरी त्यहाँका सर्वसाधारणले दिनमा एक छाक खाना खुवाउने ब्यवस्था गरेका छन् । स्वयम्सेवकहरुले बालबालिकाका लागि राहत संकलन गरी वितरणसमेत गरेका छन् ।
सहयोगी हातहरु अघि बढेसँगै शरणार्थीहरुमा केही हदसम्म खुशी छाएको छ । सिरिया, इराकलगायतका मुलुकमा जारी हिंसाका कारण विस्थापित भएका हजारौं मानिस शरणार्थीको रुपमा ग्रीसमा पुगेका छन् । ग्रीस प्रवेश गरेका सयौं बालबालिका र बृद्धबृद्धाको अवस्था नाजुक छ ।
कमेन्ट गर्नुहोस्
