विप्लव माओबादी कास्कीले शहिद लाई सम्मान गरयो

373
0
Share:

पोखरा, फागुन २१
नेकपा माओबादी कास्कीले शहिद सप्ताहको अन्तीम दिनको अबसर पारेर कास्की जिल्लामा रहेका शहिद तथा वेपत्ता परिबारहरुलाई सम्मान गरेको छ ।
पोखराका एक कार्यक्रमको आयोजना गरी कास्की जिल्लामा रहेका ६५ जना शहिद तथा वेपत्तालाई सम्मान गरिएको माओबादीले जनाएको छ ।
माओबादीले फागुन १४ गते देखि २१ गते सम्म्म शहिद सप्ताह मनाउने गरेको छ ।
सम्मान कार्यक्रममा शहिद परिबार शन्त बहादुर भुजेलले माओबादीहरु एक हुनुपर्ने बताए । बिगतका सबै कुरा बिर्सर अब टुक्रिएका माओबादीहरु एकै ठाउमा आए हामिहरु शुशि हुने थियौ । सोही अबसरमा उनले भने । देशको आमुल परिबर्तन गर्ने सपना देखाएर नै आफ्नो शन्तानले रगत बगाएको उनको भनाई थियो ।
वेपक्ता परिवार मोतीमाया पौडेलले नेपाली क्रान्ति पुरा नभएकोले लड्न बाट नडराउन सबैलाई आग्रह गरीन । प्रचण्ड बाबुरामहरु अहिले कता गए ? उनले प्रश्न गरीन । देशमा आमुल परिबर्तन ल्याउने बाँचा आफु संग गरेका प्रचण्ड अहिले कता गए , उनले भाबुक हुदै भनिन ।
कार्यक्रममा शदि परिबार राधा सापकोटा,वेपत्ता परिबार अणनाथ बराल, एकिकृत नेकपा माओबादीका पोलिटब्युरो सदस्य हरि अधिकारी, नेकपा माओबादीका केन्द्रीय सदस्य धुब्र घिमिरे, साबित्री दुरा ले पनि बोलेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: