
पोखरा, फागुन २१,माधब पनेरु ,
स्याङजा जिल्लाको सेतिदोभान,फापरथुम र चिलाउनेबास गाबिसको संगम स्थल पुलको मुखमा शिबरात्रीको अबसरमा मेला लाग्ने भएको छ ।
स्थानिय न्यु प्रगती युवा क्लवले आयोजना गरेको मेला फागुन २४ गते देखि २६ गते सम्म सञ्चालन हुनेछ । मेलामा खुल्ला रनिङशिल्ड भलिवल प्रतियोगिताको पनि आयोजना गरीएको छ । शिब मन्दीर रहेको उक्त स्थानमा बर्षेनी शिबरात्रीको अबसरमा मेलाको आयोजना गरीन्छ । स्थानिय तथा बाह्य भक्तजनहरु जाने उक्त स्थान तिनवटा गाबिसको संगमस्थल हो । मेलामा कराँते तथा अन्य प्रर्दशन पनि हुने मेला आयोजक समितिका संयोजक कमल क्षेत्रिले जानकारी दिए ।
मेलामा अन्य सास्कृतिक कार्यक्रम पनि रहने आयोजकले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्
