
पोखरा २१, फागुन-
पोखरा क्षेत्रको सुक्रबारको मौसम एका एक परिर्वतन हुँदा पोखरामा जारी प्याराग्लाईडिङको प्रि–वल्र्ड कप प्रतियोगिता अन्र्तगत पाँचौ दिनको टाक्समा प्रभाव परेको छ । शुक्रबार १ः१० बजे सराङकोटबाट उडान भरेका प्रतियोगिताहरुलाई निर्धारित दुरी ६१ मिलोमिटर सहित ४ घण्टा सिमा तोकिएकोमा मौसममा आएको परिर्वतनका कारणले गर्दा दुई घण्टा समय घटाएर प्रतियोगिताहरुले समय सिमाभित्रै सफल रुपमा अवतरण गरेको आयोजक हवाई खेलकुद संस्थानाका अध्यक्ष योगेश भट्टराईले बताए । प्रतियोगिहरुले ३ बजेर ८ मिनेट भित्रमा अवतरण गर्ने सिमा प्राविधिक समितिले दिईएको थियो । वल्र्डकपको लागि आवश्यक पर्ने न्युनतम तीन दीनको टाक्स पुरा भएको छ ।
प्रतियोगिता अन्र्तगत चार दीनको टाक्सको आधारमा रसियाका ग्लेव सुखोत्सकी अग्र स्थानमा रहेको प्रतियोगिताका प्राविधिक संयोजक रविन गुरुङले बताए । उनले २ हजार ६ सय ८७ अंक जोड्दै अग्र स्थानमारहे । तीन दीनको टाक्समा तेश्रो स्थाना रहेका भारतका अजयकुमार शर्मा दोश्रो स्थानमा आएका छन । उनले २ हजार ६ सय ५७ अंक जोडे । चाईनाका जुम्मिङ सन्ङ तेश्रो स्थामा आउन सफल भए । उनले २ जहार ५ सय ९३ अंक जोडे ।
महिलातर्फ भने कोरीयाकी युन हिकीम अग्र स्थानमा रहन सफल भईन् । उनले ४ दिनको टाक्समा २हजार ५ सय ५६ अंक ल्याउदै अग्र स्थाना रहन सफल भएकी हुन् । रसियाकी ईम्गेनीया बेलोभाले १ जहार १ सय ३० अंक ल्याउदै दोश्रो स्थानमा रहिन। काजकी स्थानकी डिनारा अस्मा नोभाले १ हजार ६४ अंक ल्याउदै तेश्रो स्थानमा रहीन ।
त्यसै गरी नेपाली प्याराग्लाईडिङ पाईलटहरु मध्य४ दिनको टाक्समा कृष्ण सुनुवारलाई पछी पार्दै विशाल श्रेष्ठले अग्रता कायम गरेका छन । तीनदिनको टाक्समा अग्र स्थाना रहेका सुनुवारलाई चौथौ दिनको टाक्समा जितेका हुन् । श्रेष्ठको खातामा २ हजार ४ सय २९अंकरहेको छ । २ हजार ३ सय १६ अंक जोडेका सुनुवार दोश्रो स्थानमा झरे । २ हजार २ सय १६ अंक जोडेका राजेश वंजन भने तेश्रो स्थानमा रहेका छन । प्रतियोगिहरुको अंक ग्लोवल पोजीजनीङ सिस्टम (जिप्ीाएस) को आधारमा हुने गर्दछ । फागुन १५ गतेदेखि सुरु भएको प्रतियोगिताको औपचारीक समापन समारोह भने शनिबार पोखराको लेकसाईडमा रहेको प्याराडाइज रेष्टुरेण्टमा हुने भएको प्रतियोगिताका संयोजक कृष्ण भण्डारीले बताए । वेलुका ५ बजे पछि पश्चिमाञ्चल क्षेत्रिय प्रशासक शंकर प्रसाद कोईरालाले गर्नु हुने कार्यक्रम तय गरीएको आयोजकले जनाएको छ ।
