नारी दिवसमा कास्कीको लेखनाथमा जेष्ठ महिला नागरिकलाई सम्मान

288
0
Share:

पोखरा, २१ फागुन-
१ सय ६ औं अन्तराष्ट्रिय नारी दिवसको पूर्वसन्ध्याका अवसरमा लेखनाथ नगपालिका वडा नं. १ का २३ महिला जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
नगरपालिकाका २२ वटा महिला समूहको संयोजनमा जेष्ठ महिला नागरिकलाई सम्मान गरिएको हो । ९७ बर्ष उमेरसम्मका जेष्ठ महिला नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको
जेष्ठ महिला नागरिकलाई सम्मान गर्दै, लेखनाथ नगरपालिका सामुदायिक विकास शाखाकका प्रमुख मिना भण्डारीले महिला शक्तिकणमा आमा समूहको महत्वपूर्ण भूमिका हुने बताईन । समाजमा हुने महिला हिंसाका विरुद्ध बोल्न सक्नेगरी क्षमता विकास गर्न समेत उनले महिलाहरुलाई आग्रह गरिन । उनले महिलाको क्षमता तथा शिप विकासका लागि नगरपालिकाले हरेक बर्ष लाखौ रुपैया विनियोजन गर्ने उल्लेख गर्दै, त्यसको सदुपयोग गर्न आग्रह गरिन ।
पुल्चोक महिला समूहका अध्यक्ष गंगा मल्लको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका कर्मचारी नवराज सापकोटा, आयोजकका तर्फबाट शान्ता पौडेल र निर्मला बस्नेतले मन्तव्य व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: