फेवा विकास बैंकले २१.९० प्रतिशत वोनश शेयर वितरण गर्ने

Share:

पोखरा, २३ फागुन-
पोखराको फेवाविकास वैकले आफ्ना शेयर सदस्यहरुलाई २१.९० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैंक संचालक समितिको आइतबार बसेको वैठकले आर्थिक बर्ष २०७१÷७२ सम्मको संचित मुनाफावाट चुक्तापूंजीको २१.९० प्रतिशत वोनश शेयर वितरण गर्ने निर्णय गरेको हो । यो निर्णय नेपाल राण्ट्रबैकवाट स्वीकृत भई वैकको आठौंं बार्षिक साधारण सभावाट पारित भए पछि शेयर सदस्यहरुले बोनस रकम प्राप्त गर्नेछन् । यस पश्चात बैंकको कुल चूक्तापूजी रु ९९ करोड पचास लाख पुग्ने फेवा विकास बैंकले जनाएको छ ।
बैंकले आर्थिक बर्ष २०७२÷७३ को दोस्रो त्रयमासमा संचालन मुनाफा रु. १७ करोड ३३ लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधी सम्म निक्षेपमा गत आषाढ मसान्तको तुलनामा रु १ अर्ब १६ करोडले वृद्धी भइ रु. १० अर्ब ५३ करोड पु¥याएको छ । यस्तै, कर्जातर्फ गत आषाढ मसान्तको तुलनामा रु ७३ करोडले वृद्धीभइ रु.८ अर्ब ८४ करोड पु¥याएका प्रमुख कार्यकारी अधिकृत श्री रेशमबहादुर थापाले जानकारी दिए ।
गत असारदेखि पोखराका दुई वित्तीय संस्थाहरु विश्व विकास वैक लिं र फेवा फाइनान्स लिमिटेड गाभिएर राष्ट्रियस्तरको फेवा विकास वैकको रुपमा कारोवार गर्दे आइरहेको छ ।
वैकको केन्द्रीय कार्यालयसहित देशका विभिन्न ठाउँहरुमा गरी २७ वटा शाखा कार्यालय छन् ।

कमेन्ट गर्नुहोस्
Share: