दुरा जातिको भाषा संस्कृति हराउँदै, भाषा संरक्षणमा नयाँ÷पुराना पुस्ता दुवै लाग्नुपर्ने

975
0
Share:

श्यामशीत्तल, लमजुङ फागुन २३
दुरा जातिको उद्गम स्थल लमजुङको दुराडाँडालाई मानिन्छ । लमजुङको खजेगाउँ, तुर्लुङकोट, भाँगु, मकैश्वाँरा, ठुलोस्वाँरा, कानेश्वर, वासपानी, नेटा, कुन्छा, तान्द्राङ, वर्धान, हाँडीखोला, नास्के, लाङदी, पतरी, सिठानी, सम्ले, सानोश्वाँरा, भदौरे, रामवजार, भोर्लेटार, सुन्दरवजार लगायतका ठाउँमा दुराको वसोवास छ । गोलो अनुहार, थेप्चो नाक र होचो कद भएको दुरा जाति, देशकै थोरै जनसंख्या भएको एक लोपान्मुख जाति पनि हो । पछिल्लो समय जगेर्नाको अभावमा दुरा जातिको मौलिक कला, धर्म र संस्कृतिको साथमा उनीहरुको मातृभाषा समेत हराउँदै गएको छ । दुरा भाषाको वारेमा नयाँ पुस्ताको त कुरै छाडौ, पुराना पुस्तालाई समेत थाहा छैन । त्यसैले पनि सुन्दरवजार नगरपालिको सहयोग र दुरा सेवा समाज सुन्दरवजारको आयोजनामा एक हप्ते दुरा दुरा भाषा सिकाई कार्यक्रम संचालन गरियो । तालिममा दुरा समुदायका पुराना र नयाँ पुस्ताका गरी ४६ जनाको सहभागिता थियो । तालिममा सहभागीहरुलाई प्रशिक्षक मुक्तिनाथ घिमिरले दुरा भाषामा वोलीचालीमा आउने कुरा र वर्णमाला सिकाएका थिए । सामाजिक, आर्थिक, शैक्षिक एवम राजनितिक रुपले पछि परेकाले देशको नीति निर्माण तहमा दुरा जातिको प्रतिनिधित्व छैन । दुरा भाषा दुरा जातिले नै भुलेको अवस्थामा, व्राह्मण जातिका मुक्तिनाथले दुरा भाषा आफुले अग्रजहरुवाट सिकेको सुनाए । र सिकेको कुरालाई अरुलाई पनि सिकाएको उनले वताए । खेतीपाती गर्नु र स्वदेशी एवम विदेशी सैनिक सेवामा लाग्नु दुरा समुदायको पुख्र्यौली पेशा मानिछ । छेलो र ठाडो भाका दुराको संस्कृति मानिन्छ । २०५८ सालको राष्ट्रिय जनगणना अनुसार दुरा सुमदायको जनसंख्या ५ हजार १ सय ६९ मात्र छ । तर दुरा सेवा समाजले २०५४ सालमा प्रकाशित गरेको प्रतिवदेनले भने देभर दुरा जातिको जनसंख्या ५ हजार ६ सय ७६ मात्र रहेको तथ्य सार्वजनिक गर्यो । ‘‘दुरा जातिको जनसंख्या घट्नुको कारण वास्तविक परिचय लुकाएर अरु थर लेख्नु हो,” दुरा सेवा समाजका केन्द्रिय सदस्य एवम सुन्दरवजार ईकाईका उपाध्यक्ष चन्द्र वहादुर दुराले भने दुरा जातिको भाषा र संस्कृति संरक्षणका लागि नयाँ पुस्ता नै लाग्नुपर्ने तालिमममा सहभागि भएकी सजना दुराले भनिन । सांस्कृतिक रुपले धनी मानिने दुरा जातिको मातृभाषा, मौलिक कला, धर्म र संस्कृति संरक्षणका लागि दुरा समुदायकै नयाँ र पुराना पुस्ता दुवै चिन्ता र चासोका साथ लाग्नुपर्ने संस्कृतिप्रेमीहरुको भनाई छ ।

कमेन्ट गर्नुहोस्
Share: