सातौं सिमरा गोल्डकपमा आज मनाङ र रुपन्देही भिड्दै

234
0
Share:

बारा,२५ फागुन ।
सिमरामा जारी रुस्लान सातौं सिमरा गोल्डकप फूटवल प्रतियोगितामा मंगलवार दुई पटकको विजेता लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लब र रुपन्देही ११ बिच खेल हुदैछ ।
सिमरा रंगशालामा दिउसो तीन बजे हुने दुई टिम बिचको खेलले सेमिफाईनलको समिकरण पनि पुरा हुनेछ । आज हुने अन्तिम क्वार्टरफाईन खेलको बिजेता अन्तिम चारमा प्रवेश गर्नेछन् ।
यसअघि प्रतियोगिताको अन्तिम चारमा साविक बिजेता त्रिभुवन आर्मी क्लब, वीरगन्ज युनाईटेड क्लब र बिजय युथ क्लब हेटौडा प्रवेश गरिसकेका छन् ।
आजको बिजेताले फाईनल प्रवेशका लागि वीरगन्ज युनाईटेडसंग भिडन्त गर्नेछ भने आर्मीले बिजय युथसंगको सेमिफाईनल भेट पक्का गरिसकेको छ ।
लिगविजेता रुस्लान थ्रिस्टार क्लबलाई सोमबार १–० ले स्तब्ध पार्दै आर्मी सेमिफाईनलमा प्रवेश गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: