जीप दुर्घटनामा परी घाईते भएका विवाईसीका खेलाडीहरुको उपचारका लागि सहयोगी मनहरु जुट्दै

305
0
Share:

श्यामशीत्तल
लमजुङ, २७ फागुन-
लमजुङको सुन्दरवजार नगरपालिका ९ गहतेको हर्रेममा फागुन १३ गते विहीवार साँझ जीप दुर्घटना हुँदा विवाईसी युवा क्लव भोटेओडारका केही खेलाडी घाईते भए । उनीहरुको उपचारमा सहयोग पुर्याउने हेतुले भोटेओडारमा रहेका सहयोगी व्यक्ति तथा संघसंस्थाहरुले आर्थिक सहयोग गरेका छन ।
सुन्दरबजार नगरपालिका ३ मा रहेको सिर्जनात्मक साकोसले जिप दुर्घटना परी उपचारको क्रममा रहेका फुटबल खेलाडीहरुलाइ आर्थिक सहयोग गर्न पहल गरेको थियो । जसअुनसार विवाइसीका अध्यक्ष जीवन चन्द्र गुरुङको संम्योजकमा ५ सदस्यीयि राहत कार्यदल गठन गर्यो र रकम संकलन गर्न थाल्यो ।
रकम संकलन गर्न थालिएको दिनदेखी वुधवारसम्म २ लाख ४० हजार १ सय ५ रुपैयाँ संकलन भएको सिर्जनात्मक सोकोसका प्रवन्धक ईन्द्र विलास सापकोटाले रेडियो भोटेओडारलाई जानकारी दिनुभयो ।
‘‘घाईते खेलाडीहरुको उपचारका लागि सहयोगी मनहरुवाट धेरथोर आर्थिक सहायता प्राप्त भएको छ,” सापकोटाले भन्नुभयो, ‘‘सहयोग रकम जुट्ने कार्य जारी छ ।”
घाईतेहरुको उपचारमा सहयोग गर्न चाहने व्यक्ति तथा संघसंस्थाले सिर्जनात्मक साकोसमा रहेको खाता नं ०५, ३१०८ मा रकम संकलन गर्न सक्ने पनि उहाँले वताउनुभयो ।
सो जीप दुघटर्नामा परी वीवासी युवा क्लब भोटेओडारका स्मरण गुरुङको निधन भएको थियो भने अरु २१ जना घाइते भएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: