
बारा, २७ फागुन-
बारामा जारी सिमरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज वीरगन्ज युनाइटेड क्लव र रुपन्देही ११ भिड्नेछन् ।
आजको विजेताले शनिबार हुने फाइनलमा हेटौंडाको विजय युथ क्लवसँग उपाधिका लागि खेल्नेछ ।
हिजो भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा ए डिभिजनको त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा हराउँदै विजय युथ फाइनलमा पुगेको हो ।
खेलको १० मिनेटमै जितेन्द्र कार्कीले पेनाल्टीमार्फत गोल गर्दै आर्मीलाई अग्रता दिए । तर ८७ औं मिनेटमा बिमल रानाले गोल गरेर विजय युथलाई बराबरीमा ल्याए ।
त्यसपछि थपिएको २० मिनेटमा गोल नभएपछि खेल टाई ब्रेकरमा पुग्यो । टाई ब्रेकरको सुरुवाती ५ प्रहारमा दुबै टोलीले ५/५ गोल गरेपछि खेल सडन डेथमा पुगेको हो । सडन डेथमा आर्मीलाई निराश पार्दै हेटौंडाको विजय युथ क्लव फाईनलमा पुग्न सफल भयो ।
