एक गाग्री पानीका लागि घण्टौं हिँड्नुपर्ने समस्यावाट छुटकारा पाए तार्कुकोट वासीहरुले

277
0
Share:

श्यामशीत्तल परियार
लमजुङ, २८ फागुन-
एक गाग्री पानीको लागि घन्टौको वाटो धाउनुपर्ने समस्यावाट तार्कुकोट वासीहरुले अहिले छुटकारा पाएका छन । सुन्दरवजार नगरपालिका २ मा रहेको तार्कुकोट पम्पिङ सेट खानेपानी योजानाले तार्कुकोटवासीको घरघरमा मिटर वाट खानेपानी वितरण गरिदिएपछि उनीहरु यस समस्यावाट छुटकारा पाएका हुन ।
‘‘पहिले एक गा्रगी पानीका लागि माथि गाउँवाट निकै तल रहेको कुवामा आउनुपथ्र्यो, घण्टौँ कुनुपथ्र्यो,” सुन्दरवजार २ तार्कुकोटका खुस वहादुर गुरुङले भन्नुभयो, ‘‘अहिले मिटर सिष्टम वाट घरघरमा पानी पाउँदा हामीहरु निकै खुशी छौ र दंग पनि ।”
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लमजुङको २४ लाख र स्थानीयको ६ लाख गरी ३० लाखको लागतमा तार्कुकोटमा पम्पिङ सेट खानेपानी योजना निर्माण गरिएको हो ।
‘‘वाहुन थोकमा रहेको पानीको मुहानवाट पम्प गरी माथि पानी तानिएको छ ।” तार्कुकोट टोल विकास संस्थाका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले भन्नुभयो, ‘‘त्यही पानी ट्यांकीमा जम्मा हुन्छ । र संकलित पानीलाई मिटर प्रणालीवाट उपभोक्ताको घरघरमा वितरण गर्दै आएका छौँ ।”
ट्यांकीमा दैनिक १६ हजार लिटर पानी संकलन हुन्छ । खानेपानी योजनाको विधिवत उद्घाटन विहिवार खानेपानी डिभिजन लमजुङका प्रमुख जगरनाथ दासले गर्नुभएको हो ।
उद्घाटन सत्रमा वोल्दै दासले भन्नुभयो, ‘‘ठुलो लागतमा खानेपानी योजना निर्माण गरिएको छ । यसको संरक्षण संवद्र्धन गर्दै उच्चतम सदुपयोग गर्नु आवश्यक छ ।”
तार्कुकोट खानेपानी योजनावाट १५ घरधुरी लाभान्वित वनेका छन । यद्यपी गाउँमा ३० घरधुरी रहेका छन ।
मिटर जडानका लागि प्रतिव्यक्ति ५ हजार ५ सय रुपैयाँ लाग्ने खानेपानी योजनाले वताएको छ ।
‘‘खानेपानी मिटर जडानका लागि व्यक्तिले ५ हजार ५ सय तिर्नुपर्छ,” योजनाका अध्यक्ष विष्णु वहादुर गुरुङले थप्नुभयो, ‘‘३ हजार खानोपनी कोष्मा राखिन्छ वाँकी २५ सय वाट सम्वन्धित उपभोक्ताको घरमा धारा टुटी जडानमा खर्च गरिन्छ ।”
वाँकी रहेका घरहरुमा पनि छिट्टै मिटर जडान हुने र पानी वितरण गरिने पनि उहाँले वताउनुभयो ।
खानेपानी योजनाले विहान र वेलुकी ट्यांकीमा संकलित पानी वितरण गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: