
पोखरा, २८ फागुन-
लागू औषध मुद्धामा जेल सजाय पाई फरार रहेका पोखराका एक युवक पक्राउ परेका छन् ।
कास्की जिल्ला अदालतबाट ४ महिना २३ दिन कैद सजाय र ११ हजार रुपैयाँ जरिवाना फैसला भएपनि लामो समयदेखि फरार रहेका पोखराको फूलबारीका ४२ बर्षीय अमृत रानालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका रानालाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले हिजो पक्राउ गरेको हो । उनलाई पक्राउपछि कास्की जिल्ला अदालतमा बुझाईसकिएको छ ।
कमेन्ट गर्नुहोस्
