
बझाङ, २८ फागुन-
बझाङमा माटोको ढिस्कोले पुरिएर ३ जना महिलाको ज्यान गएको छ । टेगाडेमा घर पोत्नका लागि माटो खन्न गएका खिरागडी गाविसका कान्तामती कार्की, विष्णादेवी पन्त र पशुपती कार्कीको माटोको ढिस्कोले पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ ।
घर लिपपोत गर्नका लागि रातो माटो लिन गएका तीनै जनाको घटनास्थलमै मृत्यु भएको बझाङका प्रहरी नायव उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए ।
मृत्यु भएका तीनै जनाको शव आफन्तलाई वुझाइएको छ । घटनास्थल सदरमुकाम चैनपुरदेखि एक दिनको दुरीमा पर्छ ।
कमेन्ट गर्नुहोस्
