औद्योगिक व्यापार मेलामा राखिएको विग एफएमको स्टलमा श्रोता सर्वेक्षण फाराम भर्नेहरुको भिड

Share:

नवराज ढुङ्गाना
पोखरा, २८ फागुन-
पोखरामा जारी राष्ट्रिय औद्योगिक मेलामा राखिएको बिग एफ एम १०१.२ मेगाहर्जको स्टलमा श्रोता सर्वेक्षण फाराम भर्नेहरुको संख्या क्रमशः बढ्दै गएको छ ।
नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा चलिरहेको मेलाको आठौं दिनसम्म आइपुग्दा २ हजार जनाभन्दा बढी श्रोताले फाराम भरेको विग एफएमका अध्यक्ष महेश भण्डारीले जानकारी दिए ।
एफएमले आफ्ना स्रोताहरुसंग सुभाव संकलन गर्ने उद्धेश्यले मेलामा फाराम भर्ने व्यवस्था मिलाएको हो । मेलामा उपस्थित श्रोताहरुले रेडियोको कार्यक्रम, न्युज तथा अन्य कार्यक्रमहरुको बारेमा सुझाव दिन सक्नेछन् ।
शनिबार बिदाको दिन एफएमका कार्यक्रम तथा न्यूजका बारेमा अझ धेरै श्रोताहरुले फाराम भर्ने अपेक्षा गरिएको छ । मेलाको अन्तिम दिनसम्मै बिग एफएमको स्टलबाट श्रोता सर्वेक्षण फाराम भर्न सकिने विग एफएमले जनाएको छ ।
विग एफएमले मेलामा बर्षेनी स्टल राख्दै आएको छ ।
मेला आयोजक पोखरा उद्योग वाणिज्य संघका अनुसार मेलामा शुक्रबारसम्म १ लाख १५ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने ४ करोड २५ लाख भन्दा बढीको कारोवार भएको अनुमान गरिएको छ । मेला चैत १ गतेसम्म चल्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: