मेलामा राखिएको बिग एफएमको स्टलमा स्रोताको चासो बढ्यो

222
0
Share:

विग न्यूज  पोखरा, २९ फागुन । पोखरामा जारी औद्योगिक व्यापार मेलामा रहेको बिग एफएमको स्टलमा शनिबार स्रोताहरुको बाक्लो उपस्थिती रह्यो । पश्चिमाञ्च क्षेत्रकै नम्बर वान एफएम बिग एफएमले राखेको स्टलमा स्रोताहरुले प्रत्यक्ष रुपमा एफएमको बारेमा जानकारी लिए ।

एफएम, एफएमले संचालन गर्दै आएका समाचार, कार्यक्रमसँगै प्रस्तोताहरुसँगको प्रत्यक्ष कुराकानीको अवसर पाएपछि स्रोताहरु स्टलमा झुम्मिएका थिए । त्यो सँगै एफएमले स्टलमा स्रोताहरुका लागि सर्वेक्षण फाराम भर्ने व्यवस्था पनि गरेको छ । फाराम भर्दै गर्दा अधिकांश स्रोताले एफएमले युवापुस्ताको मन जितेको प्रतिक्रिया दिएका छन् । बिग एफएमले राम्रो समाचार, कार्यक्रम र ईभेन्टहरु गर्दै आएको कुराको प्रशंसा गर्दै उनीहरुले यसलाई निरन्तरता दिन एफएमलाई अनुरोध गरेका थिए ।

विग एफएमले मेलामा बर्षेनी स्टल राख्दै आएको छ । मेला चैत १ गतेसम्म चल्नेछ । स्रोताहरुले बैशाख १ गतेसम्म मेला पुगेर बिग एफएमको स्टल अवलोकन गरि एफएमको बारेमा जानकारी लिन सक्ने एफएमले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: