
रञ्जन अधिकारी पोखरा, २९ फागुन / नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको ३२ औं जिल्ला अधिवेशन पोखरामा शनिवार सम्पन्न भएको छ । सो अवसरमा भुकम्प प्रभावितमा सहयोग गर्नेहरु, उत्कृष्ट उपशाखा, उत्कृष्ट कर्मचारी लगायतलाई सम्मान गरियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटीका उप–महामन्त्री हरिप्रसाद न्यौपानेले कास्की शाखा मुलुककै उत्कृष्ट शाखा भउको बताए । ‘हरेक वर्ष कास्की शाखा केन्द्रमै अग्रणी स्थानमा आउने गरेको छ ।’ उनले भने– ‘रेडक्रसको मुल्य, मान्यता र सिद्धान्त अनुरुप अघि बढेको यो शाखाले विपद्मा परेकाकोलागि अतुलनीय सहयोग गर्दै आएको छ ।’ आगामी दिनमा पनि संकटमा परेका व्यक्तिहरुको लागि सहयोग गर्ने सबैलाई आग्रह गरे ।
रेडक्रस कास्कीका सभापति वामदेव ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा एकिकृत नेकपा माओवादी कास्की अध्यक्ष दिपक कोइराला, एमाले कास्की उपाध्यक्ष दामोदर वैरागी, काङ्ग्रेस कास्की सचिव सुदिपमोहन भट्टराई, कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, रेडक्रस कास्कीका पूर्व सभापति गेहेन्द्रेश्वर कोइराला, पोखरा उद्योग वाणिज्य संघका महासचिव रविन्द्र बहादुर प्रजु, नेत्र ज्योति संघ कास्कीका अध्यक्ष एवम् पृथ्वी नारायण क्याम्पस पोखराका पूर्व प्रमुख डा. दिल बहादुर क्षेत्री, इन्सेक क्षेत्रीय कार्यालय पोखराका संयोजक शिव खकुरेल, सम्मानीत व्यक्ति होमप्रसाद अधिकारी, पोखरा–४ उपशाखाका सभापति इन्द्रा अधिकारी, सैनिक आवासिय महाविद्यालयका प्रिन्सिपल खेमराज देवान लगायतले बोलेका थिए ।
गत वैशाख १२ र २९ गतेको भुकम्पबाट पीडितहरुका लागि एक लाख भन्दा धेरै नगद सहयोग गर्ने सिटी विकास बैंक, नेपाल जुनियर रेडक्रस सर्कल बालोदय उच्च मावि, श्रीकृष्ण चोक सेती नहर व्यवस्थापन समिति, नेरेसो पोखरा–१७ उपशाखा, धर्मराज अधिकारी, रजत भण्डारी, पोखरा स्टिल फेव्रीकेटर्स एसोसियसन कास्की, गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति, डा. सन्तोषराज पौडेल, मोडन ईरा टुर्स एण्ड ट्राभल्सलाई सम्मान गरिएको हो । साथै कम्तिामा ५० हजार र जिन्सी सहयोग गर्ने संस्था तथा व्यक्तिलाई पनि सम्मान गरिएको थियो ।
कास्की जिल्ला भरिमा हेमजा उपशाखा प्रथम, द्धितिय पोखरा–१०, ११ र तृतीय पोखरा–१७ उपशाखा हुन सफल भयो । क्षेत्रगत रुपमा १,२,३ र ४ मा क्रमशः कालिका उपशाखा, काहुँ उपशाखा, पोखरा–५ र ढिकुरपोखरी उत्कृष्ट हुन सफल भएको छ । जुनियर रेडक्रस सर्कलमर्फ भद्रकाली उच्च मावि, युवा रेडक्रस सर्कल तर्फ हेमजा युवा रेडक्रस सर्कललाई सम्मान गरियो । कर्मचारी तर्फ रक्तसञ्चार सेवा केन्द्रका ल्याव असिस्टेन्ट महेन्द्र के.सी. र प्राथमिक उपचार प्रशिक्षकमा कृष्ण तिमील्सिनालाई सम्मान गरियो । स्वंयमसेवक तर्फ होमनाथ अधिकारी, लक्ष्मीप्रसाद भण्डारी र इन्द्र गौचनलाई सम्मान गरिएको कास्की रेडक्रसले जनाएको छ ।
कार्यक्रममा स्वागत रेडक्रस कास्कीका उपसभापति डण्डराज शर्मा, सात सिद्धान्त वाचन सदस्य शुशिला पराजुली र सञ्चालन मन्त्री कृष्ण तिमील्सिनाले गरेका थिए । सभामा कास्कीमा रहेका ५५ उपशाखा, कार्यसमिति १९ र मनोनित ९ गरि ३ सय ३ जनाको सहभागिता रहेको थियो । बन्दशत्रमा पेश गरिएको मन्त्री कृष्ण तिमील्सिना र कोषाध्यक्ष धर्मराज अधिकारीको प्रतिवेदन पारित गरिएको थियो । सो अवसरमा प्रथम पञ्चवर्षिय कार्यान्वयन योजना (२०१६–२०२०) पुस्तकको विमोचन गरिएको रेडक्रस कास्कीका उपसभापति डोलराज पाण्डेले जानकारी दिए ।
