
काठमाडौं, ३० फागुन-
नेपाली कांग्रेसको १३ औं महाधिवेशनको खुला तथा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यहरुको मतगणना भोलि सकिने भएको छ।
कांग्रेस कार्यालय सचिव प्रदीप पराजुलीका अनुसार भोलि यी दुई समूहको मतगणना सकिएपछि सम्पूर्ण मतगणना पुरा हुने छ।
कुल खसेको ३१४८ मतमध्ये आज प्रदेश तर्फको १४०० र खुला तर्फको २७५० मत गणना गरेपछि स्थगित गरिएको उनले जानकारी दिए।
महाधिवेशन २० गते सुरु भएको हो।
अहिलेसम्म पदाधिकारी एवम् मुस्लिम,दलित, आदिवासी जनजाति, महिला र मधेसीतर्फका केन्द्रीय सदस्यको मतगणना भने यसअघि नै सकिएको छ।
कमेन्ट गर्नुहोस्
