मधेसी मोर्चाका नेताहरु फेरि दिल्ली गए

217
0
Share:

फागुन ३०, काठमाडौं-
मधेसी मोर्चाका नेताहरु फेरि दिल्ली गएका छन् । महन्थ ठाकुर, उपेन्द्र यादव, हृदयेश त्रिपाठी लगायतका नेताहरु आइतबार विहान नेपाल एयरलाइन्सको फ्लाइटबाट दिल्ली गएका हुन् ।
तमलोपाका केन्द्रीय सदस्य चन्दा चौधरी अध्यक्ष रहेको नेपाल भारत महिला मैत्री समाजको निमन्त्रणामा नेताहरु भारत गएका हुन् ।
कार्यक्रममा मधेसी मोर्चाका नेताहरुका साथै नेपालबाट अधिकारकर्मी दमननाथ ढुंगाना, विजयकान्त कर्ण लगायत पनि गएका छन् ।
मधेस मुद्दा सम्बोधन गर्न दबाब दिने भन्दै हुन लागेको कार्यक्रममा तराई मधेस सदभावना पार्टी बाहेक मोर्चाका नेताहरुलाई बोलाइएको छ । तर, मधेसी मोर्चामा आवद्ध सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भने गएका छैनन् । उनी रौतहटमा छन् ।

कमेन्ट गर्नुहोस्
Share: