
काठमाडौं, १ चैत-
हतियार राखेको आशंकाको प्रहरीले एकीकृत नेकपा माओवादीका सांसद ल्हारक्याल लामाको घरमा छापा मारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बुढानिलकण्ठस्थित लामाको घरमा छापा मारेको हो । तर, केही भेटिएन ।
परिसरले एसपी प्रध्युम्न कार्कीको नेतृत्वमा टोली बनाएर सांसद लामाथि अनुसन्धान गरिरहेको छ । अख्तियारको छानविनमा क्रममा बैंकमा रहेको लामाको लकरमा १४ थान गोली भेटिएपछि प्रहरीलाई बुझाएको थियो ।
कमेन्ट गर्नुहोस्
