नेपालको संविधान २०७२ मा महिला विषयमा अभिमुखिकरण

Share:

पोखरा, १ चैत्र-
लैंगिक समानताका लागि पाईला हाराहारी, सन् २०३० सम्म हिस्सा बराबरी भन्ने मुल नाराका साथ पोखरामा सोमबार नेपालको सम्बिधान २०७२ मा महिला विषयक अभिमुखिकरण कार्यक्रम भएको छ ।
शान्ति, न्याय र लोकतन्त्रकालागि समावेसी महिला सञ्जाल संकल्पले आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरुको सहभागिता रहेको थियो भने महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीकी अध्यक्ष अधिवक्ता सरिता थापाले महिला अधिकारको विश्वव्यापी संघर्ष र नेपालको सम्बिधानमा गरिएको व्यवस्थाको वारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
नगर महिला समन्वय समिति पोउमनपा र महिला मानव अधिकार सञ्जालको सहयोगमा भएको सो कार्यक्रमको संयोजक मानव अधिकारकालागि महिला एकल महिला समुहले गरेको थियो ।
कार्यक्रममा प्रमिला तझ्या, माया गुरुङ मनाङी, दुर्गा न्यौपाने, जुनाकुमारी गुरुङ लगाएतले सहजीकरण गरेको सो कार्यक्रमको संचालन सरिता तिमिल्सिना पँगेनीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: