सार्कको लागि कडा सुरक्षाका बिचमा पोखरामा लुटियो

Share:

पोखरा, चैत २ । माधब पनेरु ,
सार्क बिदेशमन्त्री स्तरको बैठक चलिरहेको बेलामा पोखरामा दिउसै रकम लुटिएको छ । पोखराको नागढुङ्गा स्थित एक मनीट्रान्फरबाट ६ लाख ४५ हजार रकम लुटेर भागेको एकजना लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा धरान सुनसरी घर भएका पोखराको रामबजारमा बस्ने प्रशान्त थापामगर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । थापामगरकोे साथ बाट एक थान पेस्तोल समेत बरामद गरिएको छ । उनि रकम लुटेर भाग्न खोज्ने क्रममा प्रहरीको नियन्त्रणमा परेका हुन । उनको साथमा अन्य ब्याक्तिहरु पनि हुनसक्ने अनुमान गरिएपनि अनुसन्धान भैरहेको बताईएको छ ।
नागढुङ्गा स्थित सभ्यता मनी ट्रान्फरबाट विहान सवा ११ बजे रकम लुटेर तीन जनाको समुहमा आएका लुटको स्रोतले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: