यमनमा हवाईआक्रमणमा कम्तीमा ३० को मृत्यु

Share:

साना, २ चैत-
यमनमा मङ्गलबार साउदी अरेबियासँग आवद्ध हवाई आक्रमणमा कम्तीमा ३० व्यक्तिको मृृत्यु भएको समाचार छ ।

यमनको राजधानी सानाबाट उत्तरमा पर्ने प्रख्यात बजार इलाकामा सो आक्रमण भएको बताइएको छ ।

सो जानकारी चिकित्सक र स्थानीय स्रोतले दिएको छ । तर यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।

कमेन्ट गर्नुहोस्
Share: