
पोखरा, ३ चैत-
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ३७ औँ मन्त्रिपरिषद् बैठकको पूर्वसन्ध्यामा आज सार्क स्थायी समितिको बैठक पोखरामा सुरु भएको छ ।
आठवटै सदस्य मुलुकका परराष्ट्ररबाह्य मामिला मन्त्रालयका सचिव सम्मिलित बैठकको अध्यक्षता नेपालका परराष्ट्र मन्त्रालयका सचिव शङ्करदाश वैरागीले गर्नुभएको छ ।
बैठकमा सार्क क्षेत्रको युवा बेरोजगार समस्या समाधान गर्ने विषय सम्बन्धी प्रस्ताव ‘युथ चार्टड’ लगायतका विषयमा छलफल गरिने जनाइएको छ ।
स्थायी समितिको ४२ औँ बैठकमा भाग लिन सदस्य राष्ट्रका परराष्ट्र/बाह्य मामिला मन्त्रालयका सचिव हिजो अपराह्न पोखरा आइपुगेका हुन् ।
सम्मेलनलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउँदैछन् ।
कमेन्ट गर्नुहोस्
