अब रेडियोको बर्गिकरण हुन्छ ः सञ्चारमन्त्री राई

Share:

पोखरा, चैत्र ३ , माधब पनेरु
नेपाल सरकारका सुचना तथा सञ्चारमन्त्री शेरधन राईले अब रेडियोहरुको पनि बर्गिकरण गरिने बताएका छन ।
पोखरामा रेडीयो ब्रोडकास्टीङ एशोशियन (बान) ले गरेको अन्र्तकृया कार्याक्रममा मन्त्री राईले सुचना र जनताको सहज पहुँच रहेको रेडियो लाई राज्यले अहिले सम्म कुनै पनि खालको संबोधन गर्न नसकेको भन्दै अब मन्त्रालयले यसको बारेमा छिट्टै नयाँ तरिकाले अगाडी बढ्ने तयारी भएको बताए । देशमा हाल प्रसारण भैरहेका ६ सया ५२ वटा रेडियोलाई ब्यबस्थित गर्न टड्कारो आबस्यकता भएको उनको भनाई थियो ।
जनतामा रेडियो पहुँच ८५ प्रतिशत रहेको भएपनि राज्यले रेडियोको बारेमा लोककल्याणकारी बिज्ञापन समेत दिन नसकेको अबस्थाको स्मरण गर्दे उनले अव देशमा रेडियो जोगाउनका लागि पनि नयाँ रेडियोको लाईसन्स बितरणलाई कडाई गरीने उल्लेख गरे । पहुँच र राजनितिक दलहरुका कारण रेडियो लाईसन्स बितरणमा मनपरी भएको उनले बताए । क्षेत्र र आबस्यकताका आधारमा मात्र लाईसन्स दिईने उनको भनाई थियो ।
कार्यक्रममा सहभागि कास्की जिल्ला स्तरका रेडियोमा कार्यरत बिभागिय प्रमुखहरुले सरकारले रक्सी कम्पनीलाई जति पनि सहुलियत दिन नसकेकोमा गुनासो गरे । हामीहरु सेवामुलक क्षेत्रमा छौ , सरकार रक्सी कम्पनीलाई बिद्युत र कर छुट दिन्छ । तर हामिहरु २४ घण्टा जनताकै लागि काम गर्छो तर पनि केही दिदैन । उनिहरुको एउटै स्वर थियो । अहिले सरकारले रोयल्टीको नाममा महिनामै लाखौ रुपैयाँ लगिरहेको छ । लोडसेडिङको बिकल्पमा सरकारले कुनै पनि कदम चाल्न नसकेकोमा आक्रोश पोखिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: