प्लाष्टिक झोला र गिलास निषेधको अन्र्तक्रिया मासु व्यावसायीहरुसंग

Share:

पोखरा, ४ चैत-
पोखरा उप–महानगरपालिका कार्यालयले आगामी बैशाखदेखि पोखरामाप्लाष्टिक झोला तथा गिलासनिषेध गर्ने तयारीस्वरुपपोखराका खसी तथा कुखरा मासु व्यावसायीहरुसंग अन्र्तक्रिया सम्पन्न गरेको छ । आगामीवैशाखदेखि पोखरामा प्लाष्टिक झोला तथा गिलास निषेध हुने उप–महानगरपालिकाले जनाएको छ ।
कार्यक्रममा, नगरपालिकाले चालेको कदम सराहनिय भएपनि उचित विकल्पको खोजीमा नगरपालिका संवेदनशिल नभएको व्यावसायीहरुले गुनासो गरे । अवको बहस प्लाष्टिक प्रयोगका हानीहरुवारे भन्दापनि प्लाष्टिक प्रयोगको विकल्पवारे हुनुपर्ने उनीहरुको धारणा थियो ।
कार्यक्रममा प्लाष्टिक झोला तथा गिलास निषेध अभियानका संयोजक बसन्त चालिसेले नगरपालिकाले शुरुवात गरेको यो अभियान कार्यान्वयन हुनेमा शंका नर्गन तथा आ–आफ्नो स्थानबाट सहयोग गर्न सवैमा आग्रह गरे । नगरपालिकाले पोखरामा प्लाष्टिक झोला तथा गिलास निषेध गर्नुपूर्व नै व्यावसायीहरुलाई विकल्प दिइने तथा यो एक अभियान मात्र नभइ कानुन नै बनिसकेको हुँदा सो को पालना गर्नुको विकल्प नभएको बताए । यस्तै, वातावरण महाशाखा प्रमुख चन्द्र प्रसाद काफ्लेले पोखरामा कुनैपनि हालतमा प्लाष्टिक झोला तथा गिलास निषेध हुने भएकाले त्यसका लागि यहाँस्थित सम्पूर्ण व्यावसायी तथा उपभोक्ताहरु तयार रहनुपर्नेमा जोड दिए ।
वातावरण महाशाखा प्रमुख चन्द्रप्रसाद काफ्लेको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा प्लाष्टिक झोला तथा गिलास प्रयोगका हानीहरुवारे कार्यक्रमका फोकल पर्सन महेन्द्र गोदारले प्रकास पारेका थिए । कार्यक्रममा पोखरा खसी मासु व्यावसायी समितीका अध्यक्ष, कुखुरा सप्लायर्स समितीका अध्यक्ष लगायत व्यावसायीहरुको उल्लेख्य उपस्थिती थियो । चन्द्रावती वाग्लेले सञ्चालन गरेको कार्यक्रममा वातावरण अधिकृत निर्मलमानसिंह भण्डारीले स्वागत मन्तव्य राखेका थिए ।
पोखरा उपमहानगरपालिकाले प्लाष्टिक झोला तथा गिलास निषेध सम्वन्धि सचेतना तथा अन्र्तक्रिया कार्यक्रम अन्र्तगत यसअघि नै पोखरा उधोग वाणिज्य संघ, पोखराका सम्पूर्ण वडाहरु, प्याब्सन, एनप्याब्सन तथा सरकारी विधालयका शिक्षकहरुसंग अन्र्तक्रिया गरिसको छ । उप–महानगरपालिकाले २०६७ साउन १ गते पोखरालाई कालो प्लाष्टिकको झोला निषेधित क्षेत्र घोषणा गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: