चलचित्र लक्ष्य शुक्रवारवाट अल नेपाल रिलिज हुँदै

Share:

श्यामशीत्तल परियार
लमजुङ, चैत्र ४-
ओम किरण फिल्मसको प्रस्तुती रहेको नेपाली कथानक चलचित्र लक्ष्य चैत्र ५ गतेवाट अल नेपाल रिलिज हुँदैछ ।
१ करोड १७ लाखको लगानीमा चलचित्र निर्माण गरिएको दावी गर्दै चलचित्रले उत्साहजनक व्यापार गर्नेमा निर्माण पक्ष ढुक्क छ ।
‘‘चलचित्र निर्माणमा १ करोडभन्दा वढिको लगानी छ,” लक्ष्य फिल्मका निर्माता ओम लाल गुरुङले भन्नुभयो, ‘‘लक्ष्यसम्म पुग्नका लागि एउटा मान्छेले गर्नुपर्ने संघर्षलाई पर्दामा उतारिएको छ । चलचित्रले उत्साहजनक व्यापार गर्नेमा हामी आशावादी छौ ।”
मिलन आले मगरको निर्देशक रहेको चलचित्र लक्ष्यले लक्ष्य प्राप्तिका लागि गर्नुपर्ने संघर्ष र त्यसका लागि प्रेमले पार्ने प्रभावलाई समेत पर्दामा उतार्ने प्रयास गरेको छ ।
सुशिल पंगेनीले लेखेको चलचित्र लक्ष्यमा एक्सन र प्रेम दुवै पक्षलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ । चलचित्रमा सविन श्रेष्ठ, सुनिल थापा, रवि गिरी, अनु शाह, सारिक केसी र अर्जुनजंग शाहीको मुख्य भुमिका रहेको छ ।
चलचित्र लक्ष्यको गीत यत्तिवेला चर्चामा छ । डा. कृष्णहरि वराल, सुशिल पंगेनी र देवल भण्डारील लेखेको लक्ष्यको गीतमा अर्जुन पोख्रेल र टंक वुढाथोकीले संगित भरेका छन ।
चलचित्रमा द्धन्द्ध निर्देशन भने हिमाल केसीले गरेका छन । वनिष शाह र मिलन श्रेष्ठले चलिचत्र सम्पादन गरेका हुन ।
चलचित्रमा लमजुङ, कास्की जिल्लाको मनोरम दृश्यहरुलाई कैद गरिएको छ ।
सामाजिक विषयवस्तुमा केन्द्रित रहेर चलचित्र वनाईएको छ,” लमजुङ दुवरका स्थायी वासिन्दा समेत रहेको निर्माता गुरुङले भने, ‘‘सवैले एकपटक चलचित्र हलसम्म पुगेर चलचित्र लक्ष्य हेरिदिन आम दर्शकहरुमा मेरो अनुरोध छ ।”

कमेन्ट गर्नुहोस्
Share: