पोर्क महोत्सवलाई लक्षित गर्दै शसस्त्र प्रहरीद्धारा रंगशालाको सरसफाई

Share:

पोखरा ०४ चैत्र-
पोर्क महोत्सव स्थल पोखरा रंगशालामा शसस्त्र प्रहरीले सरसफाई गरेको छ । शुक्रबार देखि शुरु हुने पोर्क महोत्सवस्थल रंगशालामा बिहीबार शसस्त्र प्रहरीले सरसफाइ गरेको हो ।
शसस्त्र प्रहरी तालिम महाविद्यालय लामापाटनका प्रहरी निरीक्षक हरि सिंह बिष्टको नेतृत्वमा आएको टोलीले सरसफाइ गरेको हो ।
टोलीले रंगशालाको दुई नम्बर गेट देखि महोत्सव स्थल सम्म रहेका फोहोर संकलन गर्नुका साथै बाटो वरपर रहेका ढुंगाहरु समेत हटाइएको थियो । त्यसैगरी महोत्सव स्थल परिसरमा रहेका झाडीहरु पन्छ्याई सफा बनाइएको थियो ।
सरसफाइ कार्यक्रममा शसस्त्र प्रहरी तालिम महाविद्यालयका समादेसक शसस्त्र प्रहरी वरिष्ठ उपरिक्षक कबिन्द्रमान श्रेष्ठको पनि उपस्थित रहेको थियो । चैत्र ५, ६ र ७ गते पोखरामा बंगुर ब्यवशायी संघ कास्कीको आयोजनामा पोर्क महोत्सव हुदैछ । बंगुर ब्यवशायी किसान संगै बंगुरको मासुबाट बन्ने परिकारको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरामा नै पहिलो पटक आयोजना महोत्सवको आयोजना गर्न लागिएको हो ।
महोत्सवमा बंगुरको मासुबाट बन्ने विभिन्न परिकारहरु बंगुरको मःमः, चाउमिन, सेकुवा, ससेज, अचार विभिन्न विदेशी परिकारहरु चाइनिज र कोरियन परिकारहरुको स्वाद महोत्सवमा आउने दर्शकहरुले लिन पाउनेछन भने महोत्सवको प्रवेश टिकटमा दर्शकहरुले टिकट बरावरको कुनैपनि पोर्क आइटमको स्वाद लिन पाउने छन ।
चैत्र ५ देखि ७ गते सम्म सञ्चालन हुने महोत्सवको शुक्रबार सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनले उद्घाटन गर्ने भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: