मध्यराती घरमा कार ठोक्किँदा ३ जना घाईते

Share:

श्यामशीत्तल परियार
लमजुङ, ५ चैत-
सुन्दरवजार ६ पुरोडिहीमा गएराति कार दुर्घटना भएको छ । विहिवार १२ वजेको समयमा सुन्दरवजारवाट सिउँडीवार तर्फ जाँदै गरेको वा ३ च १४२४ नम्वरको निशान सन्नी कार अनयिन्त्रित भई पुरोनोडिहीमा रहेको मधुसुधनको घरमा ठोक्किन पुग्दा दुर्घटना भएको हो । कारको ठक्करवाट ३ जना घाईते भएका छन ।
कारको ठक्करवाट घरमा सुतिरहेका मधुसुदनका रेग्मीका ८ वर्षिय छोरा सिर्जन रेग्मी, ११ वर्षिय छोरी सन्ध्या रेग्मी र ६५ वर्षिय आमा सरस्वती रेग्मी घाईते भएका हुन ।
आमा सरसव्ती रेग्मी कर्मदा अस्पतालमा सामान्य उपचार पश्चात घर फर्कनुभएको छ भने सिर्जन र सन्ध्या रेग्मीको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।
‘‘व्लक लगाएर वनाएको घरमा सुतिरहेको अवस्थामा मध्यरातमा कार घरमा ठोक्किन पुगेछ,” प्रहरी श्रोतले भन्यो, ‘‘जसवाट ३ जना घाईते भए ।” कारको ठक्करवाट घरको व्लकको गारो समेत भत्किएको छ ।
कार घरमा ठोक्किएपछि चालक हेटौडाँ ४ का विजय वुडाथोकी फरार रहेको वताईएको छ ।
‘‘चालक भागेपनि उनको नाम ठेगाना पत्ता लागेको छ ” प्रहरी निरीक्षक हेमन्त थापाले भन्नुभयो, ‘‘उहाँलाई भोली ईलाका प्रहरी कार्यालय सुन्दरवजारमा झिकाई घटनावारे सोधपुछ गर्नेछौ ।” रेग्मी परिवारले परिवारले भने उचित क्षतिपुर्तिको माग गरेको छ ।
कारको अगाडिको भागमा क्षति पुगेको छ । कार ईलाका प्रहरी कार्यालय सुन्दरवजारमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: