
बिग न्यूज
पोखरा, ५ चैत | सानै खेल मैदानमा थोरै खेलाडि भएपनि फुटबल खेल्न सकिने भएपछि पछिल्लो समय ‘फुटसल’प्रति धेरै आकर्षित भएका छन् । ‘फिटनेश’का लागि पनि फुटसल सहयोगी सिद्ध भएको छ ।
यहि मेसोमा नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीले पनि आफ्नो वार्षिक अतिरिक्त क्रियाकलाप अन्तरगत ‘फुटसल’ खेल्ने भएको छ । संस्थाका अतिरिक्त विभाग प्रमुख भुवन क्षेत्रीले ईक्यान अन्तरगत रहेका सम्पूर्ण सदस्यहरु हरेक शुक्रबार ‘फुटसल’मा सहभागी हुने जानकारी दिए । यो शुक्रबार देखि ईक्यान सदस्यहरु मैत्रीपूर्ण फुटसल प्रतियोगिता खेल्न शुरु गरिसकेका छन् । यसरी नै हरेक शुक्रबार मैत्रीपूर्ण फुटसल खेल खेलिने संयोजक क्षेत्रीले बताए ।
ईक्यान कास्कीका कार्यवाहक अध्यक्ष मिलन तिवारीले संस्थाका सदस्यहरुबीच भातृत्व विकास हुनुसँगै स्वास्थ्यको हिसाबले पनि लाभदायक भएकोले फुटसलको कन्सेप्ट आएको बताए । यो शुक्रबार संस्थाका सदस्यहरुबीच पहिलो म्याच भएकोले करिब २४ जना सदस्य सहभागी भएका थिए । आगामी दिनमा ईक्यान कास्कीमा रहेका ५० जना सदस्यहरु नै म्याचमा सहभागी हुने र त्यसको केहि समयपछि टुर्नामेन्ट पनि गरिने ईक्यानका निवर्तमान अध्यक्ष महेश भण्डारीले बताए ।
