चौतारोको दोहन , चौरातो मास्ने अनगिन्ती बाहाना

Share:

पोखरा, चैत्र ६
माधब पनेरु
पोखरा र आसपासका चौतारोहरु पछिल्लो समयमा अप्रत्यासित तरिकाले मासिन थालेका छन ।
चौतारोको संरक्षण पोखरा वरीपरी नगरपालिका र अन्य स्थानहरुका सरोकारवाला निकायहरुले लिएका छन । तर चौतारो संरक्षणको सट मासिदै गएका छन । पोखरा कुनै बेला चौतारोको धनि ठाऊ थियो । पुराना शैलीका चौताराहरु र चौतारामा रहेका रुखहरुले पोखराको आफ्नै मौलिकता झल्काएको भएपनि पछिल्ला दिनहरुमा चौतारो मासिदै गएका छन ।
जिल्ला बन कार्यालय, सडक डिभिजन, नापी कार्यालय, नगरपािलका, बन कार्यालय,जिल्ला बिकास समिति तथा मालपोत कार्यालयको समन्वयमा सिफारित तथा अध्ययन समिति बनेका हुन्छ । जसले चौतारो मास्न अनुमति दिने अधिकार राखेको हुन्छ । पोखरामा पनि चौतारो मास्नका लागि यस्तै खालेका सरोकारवालाहरुको समिति भएपनि कागजमा बैधानिकता देखाएर चौतारो दोहन भैरहेका छन ।
चौतारो मास्नेहरुले अहिले सम्म देखाएका बाहानाहरुमा सबै भन्दा बढी भनेको सडक बिस्तार नै हो । सडक बिस्तारका लागि भन्दै लामाचौर , गैहपाटन, मझेरीपाटन , र्सिजनाचोक वरीपरि रहेको सिमलचौर क्षत्र लगायतका स्थानहरुकोे चौतारी काटिएका छन । त्यसैगरि चौतारो मास्नका लागि रुख बुढो भएको, दुर्घटनाको खतरा तथा अन्य बिकासे कृयाकलापहरुको बाधक भएको कारण देखाईने गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: