
पोखरा, ७ चैत-
अनुपम म्यूजिक, पोखरा, जेई म्यूजिक एकेडेमी फूलबारी तथा त्रिवेणी संगीतालय न्यूरोडको संयुक्त आयोजनामा सञ्चालित सुगम संगीत यात्राको नवौं श्रृंखला दीप युनाइटेड क्लबको स्थानीय आयोजनामा पोखरा–१६, दीपमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि वरिष्ठ समाजसेवी तथा वयोवृद्ध क्या. भगतबहादुर गुरुङले नेपाली संगीतको प्रवद्र्धनमा सुगम संगीत यात्राले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रमका विशेष अतिथि बगर भाइ खलका अध्यक्ष दिलबहादुर गुरुङले बाबु आमाले दशैंमा टीका लगाउँदा डाक्टर, इञ्जिनियर भएस् भनेजस्तै गायक, गायिका भएस् भनेर आशीर्वाद दिँदै आफ्ना छोराछोरीलाई संगीत क्षेत्रमा लाग्नका लागि प्रेरणा दिनुपर्ने बताउनुभयो । उहाँले गीत, संगीतमा लाग्न चाहनेले अर्काले गाएको गीत भन्दा आफ्नै सिर्जनामा भएको गीतलाई गाउनमा जोड दिनुपर्ने बताउनुभयो ।
दीप युनाइटेड क्लबका अध्यक्ष मनकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संगीतकार नवराज बराल, सूर्योदय बोर्डिङ स्कुलका संस्थापक÷प्रिन्सिपल रूप गुरुङ, गोर्खा बोर्डिङ स्कुलका संस्थापक÷निर्देशक कमल मल्ल, दीप युनाइटेड क्लबका सल्लाहकार राजेश गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अनुपम म्यूजिक, पोखराका प्रबन्ध निर्देशक अनुराग अधिकारी र दीप युनाइटेड क्लबका सचिव खेमराज आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा गायक तथा संगीतकार रामभक्त जोजिजू, विमल गुरुङ, पशुपति गुप्ता, लक्ष्मी गिरी, नरेश राई, बलराम गिरी, तमन्ना गुरुङ, उमा चौधरी, प्रशान्त तामाङ, सरिता घिमिरे, मन्दिरा थापामगर, दिभा घले, भरत गुरुङ, अभिषेक आचार्य, सुदीप आचार्य, आशीष न्यौपाने, सुनिल राना, राम गुरुङलगायतले आफ्नो गायन प्रस्तुती राखेका थिए । सुगम संगीत यात्राको दशौं श्रृंखला लमजुङको बेंशीसहरमा हुनेछ ।
