बिग एफएम सुन्दै सिपोरालाई सम्झिँदा (भिडियोसहित)

Share:

बिग न्यूज

पोखरा, ७ चैत |बिग एफएमको भिडियो प्रचार सामाग्री सार्वजनिक भएको छ । केहि समय अगाडि भएको छैठौँ बिग आइकनको ग्राण्ड फिनालेमा सार्वजनिक भएको भिडियोलाई एफएमले आफ्नै यूट्युब च्यानलबाट सार्वजनिक गरेको हो ।

सार्वजनिक भिडियो सामाग्रीमा भलिबल खेलाडि सिपोरा गुरुङ र फेशन स्टाईलिश विशाल गुरुङ फिचर भएका छन् । गायक तथा निर्देशक सोभित बस्याल भिडियो निर्देशन गरेका हुन् । भिडियोमा समावेश संगीत पनि उनी आफैँले सृजना गरेका हुन् ।

युवापुस्तामाझ चर्चित एफएम विग एफएमले प्रचारप्रसारमा प्रयोग गर्ने गरि निर्माण गरेको ‘भिडियो विज्ञापन’लाई निकै राम्रो प्रतिक्रिया मिलेको निर्देशक बस्यालले बताए । उनले यो विज्ञापनमा सिपोरा र विशालको जोडी जमाएका छन् । विज्ञापनमा देखिएको यो जोडिको चर्चा यतिबेला ह्वात्तै बढेको छ ।

भिडियो विज्ञापनलाई मिलन शंकरले खिचेका हुन् । यो भिडियोको कोरियोग्राफि रोहन नेपालीले गरेका हुन् । भिडियो विज्ञापनलाई जय गिरीले सम्पादन गरेका हुन् । विग एफएमले यो विज्ञापनलाई राष्ट्रिय तथा स्थानियस्तरका टेलिभिजनसँगै फिल्म हलहरुमार्फत प्रशारण गर्ने जनाएको छ ।

युवापुस्ताको क्रेज एफएमप्रति अझै बढि तान्नको लागि भिडियो विज्ञापन बनाएको विग एफएमले जनाएको छ । एफएमले यसअगाडि पनि एउटा भिडियो विज्ञापन बनाईसकेको छ । हाल त्यो विज्ञापन फिल्म हलहरुमा बज्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: