नायिका अर्चना पनेरुसहितको सुटिंग टोली पोखरामा प्रहरी नियन्त्रणमा

Share:

पोखरा, ८ फागुन-

नायिका अर्चना पनेरु र चलचित्र निर्देशक राजु गिरीसहितको टोली पोखरामा सुटिंगस्पटबाटै पक्राउ परेको छ ।

निर्माण ईजाजत बिना नै चलचित्र जिस्म सुटिंग गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिम्स चलचित्र विकास वोर्डमा दर्ता नभई सिधै सुटिंग स्पटमा गएकाले नियन्त्रणमा लिएको कास्की प्रहरीले बताएको छ ।

प्रहरी नियन्त्रणमा पर्नेहरुमा निर्देशक गिरीसहित कलाकार सुरेन्द्र बुढा, उकेश पनेरु, अर्चना पनेरु लगायत रहेका छन् । उनीहरु सबैलाई वडा प्रहरी कार्यालय रामबजारमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: