
सोल, ११ चैत-
दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाइले सेनालाई उच्च रुपमा सतर्क रहन बिहीबार निर्देशन दिनुभएको समाचार छ ।
उत्तर कोरियाले पुनः अर्काे शक्तिशाली आणविक परीक्षण गर्नसक्ने सङ्केत प्राप्त भएको भन्दै आफ्नो सेनलाई उच्च सतर्कताका साथ प्रतिरक्षाका लागि तयार रहन निर्देशन दिनुभएको बताइएको छ ।
गएको केही समययता आणविक परीक्षणका कारण विवादमा पर्दै आएको उत्तर कोरियाले फेरिपनि अर्काे परीक्षण गर्न लागेको सूचना प्राप्त भएको दक्षिण कोरियाले बुधबार मात्र जनाएको थियो ।
यसै क्रममा बिहीबार राष्ट्रपति हाइले देशव्यापी रुपमा सेनालाई आफ्ना प्रतिरक्षात्मक क्रियाकलापहरुलाई बढाउन आग्रह गर्नुभएको बताइएको छ ।
उत्तर कोरियाका विरुद्धमा पछिल्लो समयमा अमेरिका तथा संयुक्त राष्ट्रसङ्घले नै लगाएको नाकाबन्दीका विरुद्ध फेरि अर्काे परीक्षणको तयारी गरिरहेको सूचना प्राप्त भएको समाचारमा जनाइएको छ ।
