प्रधानमन्त्रीले गरे ‘बोआओ फोरम’मा सम्बोधन

237
0
Share:

काठमाडौं, ११ चैत-
प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि सहकार्य गरी अघि बढ्न आह्वान गरेका छन् ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आज बोआओ फोरमको वार्षिक सम्मेलनलाई सम्बोधन गर्दै विकासका लागि नेपाल र चीनबीच सहकार्य आवश्यक रहेको बताएका हुन् । उनले सहकार्यका लागि आफूहरु तयार रहेको भन्दै चिनियाँ व्यवसायीहरुलाई पनि नेपालमा लगानी गर्न आह्वान गरे ।
१६ वर्षअघि बोआओ फोरम स्थापना गरिंदा तत्कालिन राजा वीरेन्द्रले सम्बोधन गरेका थिए । सन् २००५ मा तत्कालिन राजा ज्ञानेन्द्र फोरममा सहभागि भएका छन् ।
गत वर्ष राष्ट्रपति डाक्टर रामवरण यादवले फोरमलाई सम्बोधन गरेका थिए । प्रायः राष्ट्र प्रम्खहरुले सम्बोधन गर्ने उक्त फोरमलाई सम्बोधन गर्ने केपी ओली पहिलो नेपाली प्रधानमन्त्री बनेका छन् ।
प्रधानमन्त्री ओलीले हाईनानको नान्सान पार्कमा स्थापना गरिएको नेपाली पभेलियन पनि आजै अवलोकन गर्ने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्
Share: